Archive for the 'पाहुनाको पालो' Category

तराईको कुन समूहसित वार्ता गर्दैछ सरकार ?

Thursday, December 11th, 2008

सुभक महतो

सरकारले तराईका सशस्त्र समूहहरुसँग वार्ता गर्ने तयारी गर्दै गरेको खबर तिहारअघिदेखि नै आएको हो। तराईमा सशस्त्र गतिविधि गर्दै आएका समूहहरुसँग आजदेखि औपचारिक वार्ता हुने भनिएको छ। कुन समूहसित हुन लागिरहेको छ त वार्ता ? तराई अर्थात् मधेसको माग उठाउने समूहरुसँग ? तर, त्यस्तो होइन रहेछ । तराईमा सशस्त्र गतिविधि गर्दै आएका ३ दर्जनभन्दा बढी [...]

गाडी भाडाको कुरा संविधानमा लेखिन्छ ?

Monday, December 8th, 2008

-राजनकुमार खरेल-

सरकारले इन्धनको मूल्य अनुसार सवारी साधनको वैज्ञानिक भाडा दर निर्धारण गर्ने बताएको छ। यसै अनुरुप यातायात व्यवस्था विभागले इन्जिनियरिङ अध्ययन संस्थान, कन्सल्टेन्सीलाई यसको जिम्मा दिएको छ। भाडादरलाई सर्वसम्मत बनाउन हामी विद्यार्थीलाई सर्भेको लागि नेपालका विभिन्न जिल्लामा खटाइएको थियो। मलाई पूर्वको जिम्मा दिइएको थियो। कहाँ इञ्जिनियरिङको अध्ययन, कहाँ सर्भेक्षण ! आफ्नो क्षेत्रको भन्दा बाहिरको [...]

यसरी खिचियो ज्वाला सिंहको घरको फोटो

Sunday, December 7th, 2008

-सुभक महतो-
मसँग भएको साथीले मलाई सतर्क गरायो- सुभक जी यो बारेमा रिपोर्टिङ गर्नु भनेको मृत्युलाई चुनौति दिनु जस्तै हो। तर मैले मनमनै अठोट गरिसकेको थिएँ। फोटो खिच्न भनी हिँडेको बेला बाटोमा भेटिएका अर्का साथीले पनि चेतावनी दिए- यो फोटो खिच्ने काम हेर्दा जति सामान्य देखिन्छ, त्यति नै चुनौतिपूर्ण छ। तपाईँहरु यहाँबाट फर्किहाल्नुस्, त्यहाँ गएपछि [...]

यसरी खिचियो ज्वाला सिंहको घरको फोटो

Sunday, December 7th, 2008

-सुभक महतो-
मसँग भएको साथीले मलाई सतर्क गरायो- सुभक जी यो बारेमा रिपोर्टिङ गर्नु भनेको मृत्युलाई चुनौति दिनु जस्तै हो। तर मैले मनमनै अठोट गरिसकेको थिएँ। फोटो खिच्न भनी हिँडेको बेला बाटोमा भेटिएका अर्का साथीले पनि चेतावनी दिए- यो फोटो खिच्ने काम हेर्दा जति सामान्य देखिन्छ, त्यति नै चुनौतिपूर्ण छ। तपाईँहरु यहाँबाट फर्किहाल्नुस्, त्यहाँ गएपछि [...]

बेलायती दूतावासमा गणतन्त्र आएन

Sunday, December 7th, 2008

- सन्दीप सागर/बेलायत-

फोटोमा देखिएको ट्राभल डकुमेन्ट नोभेम्बर १८ ,२००८ मा बेलायतस्थित दूतावासले जारी गरेको हो। यसमा अस्तित्वमा नभएको ‘श्री ५ को सरकार’ र शाही निसाना छाप प्रयोग भएको छ।

यसमा ध्यान दिएर हेर्नुस् त, सरकारका दुई थरि छाप छन्- नेपाल सरकारको नयाँ छाप पनि अनि श्री ५ को सरकारको पुरानो छाप पनि। यो डकुमेन्ट लिएर [...]

माओवादी कार्यनीति शब्दजालको खेती

Sunday, December 7th, 2008

-रोहित दाहाल-

धेरैले अनुमान गरेकोभन्दा ठीक विपरीत माओवादी राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीको भावी कार्यदिशा तय गरेको छ। धेरैले भेलाले नेता मोहन वैद्यको कार्यनीतिक प्रस्ताव पारित गर्ने अड्कल काटेका थिए। अनुमानका पछाडि केही तथ्यहरु पनि थिए। माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले व्यवस्थापिका संसदको बैठकमा संसारमा असफल भइसकेको संसदीय व्यवस्था माओवादीले मान्न नसक्ने बताएका थिए। [...]

अब स्कूल जाने भए त सुजन ?

Friday, December 5th, 2008

-चीरन पोखरेल-

सुजन राईको बारेमा लगातार दुई दिन माइसंसारमा ब्लग छापिएपछि आज शुक्रबार पनि हामीले उनलाई भर्ना गर्ने प्रयास गर्‍यौँ। तर अहँ ती स्कूलहरुले मान्दै मानेनन्।

सुजन दुवै खुट्टा अलि कमजोर हुनु बाहेक अरु सबै ठीक भएका बालक हुन्। चिकित्सकले समेत स्कूल जान थाले उनको खुट्टा ठीक हुनसक्ने बताएका छन्। तर अपांग भएकै कारण उनलाई स्कूलहरुले [...]

“नेपाल मुला बाल मतलब !”

Friday, December 5th, 2008

-बिर्खे हली/जर्मनी-

अर्को पाटो छ सामान्य नागरिकहरुको। हामी १२ कक्षा सकिने बित्तिकै विभिन्न मुलुकका दूतावास धाउन थाल्छौँ र मिलेसम्म “नेपाल मुला बाल मतलब !” भन्दै निस्कन्छौ । सबैको एउटै लक्ष्य हुन्छ कसरी स्थायी बसोबासको व्यवस्था मिलाउने र नेपाल सँधैको लागि छोड्ने। हामी कुनै न कुनै बहाना मा नेपाल छोडेर भागिरहेका हुन्छौ र भगुवा बनिरहेका छौँ। [...]

सुजनलाई भर्ना गर्न नमान्ने स्कूल यी हुन्

Thursday, December 4th, 2008

-चीरन पोखरेल-

सुजनका बारेमा हिजोको ब्लगमा प्रतिक्रिया दिनुहुने सबैलाई धन्यवाद छ। सुजन राई कोटेश्वर निवासी बुवा जस्मन राई र आमा हङमाया राईका ८ वर्षका जेठा छोरा हुन्। उनको दुई वटा खुट्टामात्रै अलिकति कमजोर हो। स्कूल जान थालेपछि उनी राम्ररी हिँड्न सक्छन्। यो कुरा फिजियोथेरापिस्टले नै भनेका हुन्। ज्ञानको उज्यालोबाट वञ्चित हुन नपाउनु उनको अधिकारको कुरा हो। [...]

मेरो काठमाडौं

Thursday, December 4th, 2008

- दीपक अर्याल

विहानको सिरेटो जाडो। कलेज जाने ठिटा-ठीटीहरूले बस भरिएको छ। म एक कुनामा बसेर उनीहरूका उमङ्ग, उत्साह, र आफुलाई उट्पट्याङ लाग्ने गफका भाका सुन्ने कोशिस गर्छु। “यस्तै हो भने दार्जिलिङलाई नेपालले लिन्छ” एउटाले विश्लेषण गर्छ। “खै यार! बरू मलाई त नेपाल नै टुक्रन्छ जस्तो लाग्छ”, अर्कोले आफ्नो कुरा राख्छ। अर्को कुनामा बस्ने दुई युवतीले [...]