म जंगलतिर पस्दा गोरिल्ला प्रधानमन्त्री :)
शिवपुरी वनमुनि १२ दिनको बासपछि फर्कँदा जम्मा भएका ३१५ वटा इमेल आउटलुक एक्सप्रेसमा डाउनलोड गर्न डायल अप इन्टरनेटमा लागेको तीन घण्टाभन्दा बढी समय लाग्यो। तर, इमेलहरु अधिकांश काम नलाग्ने भए पनि तीन वटा इमेल बडो रोचक थिए। सबै एउटै विषयमा थिए, निवर्तमान प्रधानमन्त्रीलाई विश्व कै एक प्रतिष्ठित समाचार एजेन्सी एपीले नेपाली रिपोर्टर कै बाइलाइनमा गोरिल्ला [...]



