माला पहिरिएर परदेशतिर
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा एक छिन घोरिने हो भने देखिन्छ कसरी नेपालीहरु बाहिरिन्छन् भनेर। कोही दुबोको माला लगाएर अनि कोही सयपत्रीको माला र रातो टीकामा ठाँटिएर परदेशिन लागेका नेपालीहरुलाई देख्दा लाग्छ ठूलै गौरवको विषय हो विदेशिनु। सामान्यतः हाम्रो संस्कृतिमा सयपत्री र दुबोको माला अत्यन्त शुभकार्यका लागि प्रयोग हुन्छन्। तर, विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा आधा घण्टा जति [...]



