बौद्ध स्तुपमा के परिवर्तन भयो ?
राजनीतिका फोहोरी खबरहरुभन्दा पर आज हेर्दै शान्ति अनुभूति हुने एउटा स्थानको ई यात्रामा लाँदैछु तपाईँलाई। विश्वसम्पदा सूचिमा परेको बौद्धनाथ स्तुप। विश्व सम्पदा सूचिमा त परेको छ तर युनेस्कोले यसलाई खतरामा परेको भनी बेलाबेलामा चेतावनी पनि दिने गरेको छ। तपाईँ पनि काठमाडौँमा हुँदा धेरै पटक जानुभएको होला बौद्धमा। म बस्ने ठाउँबाट टाढा पर्ने हुनाले स्वयम्भूको तुलनामा [...]



