प्रधानमन्त्री प्रचण्डको पहिलो सम्वोधन, देशै नरहे गणतन्त्र रहन्न्
प्रधानमन्त्री पुष्पकमल दाहालले भर्खरै मात्र देशवासीको नाममा सम्वोधन गर्नुभएको छ। प्रधानमन्त्रीले बाहिरी औपनीवेशवाद र सामन्तबादबाट देश उन्मुक्त गराउन जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका क्रममा शहीद भएकालाई श्रद्धाञ्जली अर्पण गरेर सम्वोधन सुरु गर्नुभएको थियो। लोकतन्त्रलाई मुठि्ठर हुनेखानेका लागि नभई बहुसंख्यक जनताको लागि बनाइने बताउँदै प्रचण्डले लोकतन्त्रलाई दिगो बनाउन गाउँका कुना कप्चाका निमुखा र गरीबलाई पनि लोकतन्त्रको [...]



