धोका पाएको एमालेमा बिद्रोहको धम्कि
यो नेकपा एमाले भन्ने पार्टी बडा गजबको लाग्छ मलाई। सबैको सहानुभुति यो पार्टीले पाइरहेको हुन्छ। चुनाव अगाडिका कतिपय सर्वेक्षणले त यसै पार्टीले चुनाव जित्छ पनि भनेका थिए। तर यो पार्टीले सँधै धोका मात्र पाइरहेको देखिन्छ। राजाले प्रधानमन्त्रीको टेण्डर मागेका बेला तत्कालिन महासचिव माधव नेपालले दौरा सुरवाल सिलाएर प्रधानमन्त्री पद खान जान लाग्दा त्यो बेला गठवन्धनका [...]



