उपराष्ट्रपतिको घरमा बम पड्काउने पक्राउ
राष्ट्रिय मुक्ति सेनाको नाम तपाईँले यही ब्लगमा दुई तीन चोटी सुन्नुभएको होला। त्यसका केही विज्ञप्ति माइसंसारमा पनि राखिएको थियो। तर पछि एक जना शुभचिन्तकले "धत्, त्यस्ताको पनि वक्तव्य राख्ने हो, त्यो त मुला अपराधी हो, प्रहरीले कति वटा मुद्दामा खोजिरहेको। अनि बच्नलाई यस्तो नाटक रचेको ! अस्तिसम्म वक्तव्य लिएर पत्रिकाहरुमा छापिदे, पैसा दिन्छु भन्दै हिँड्दैथ्यो" [...]



