अरेस्टिङ गणेश इन काठमाण्डू
काठमाडौँका बासिन्दाहरु भगवानहरुलाई थुनेर राख्ने गर्छन्। यो देखेरै होला, अमेरिका बस्ने सम्राट उपाध्यायले पुस्तकै लेखे- अरेस्टिङ गड इन काठमाण्डू शीर्षकमा। पश्चिममा छापिएको त्यो पुस्तकले निकै चर्चा कमायो। तर सम्राटका पात्रहरु राधिका र प्रमोदको कथा भने यो हैन। आजको यो ब्लग हेर्ने, बोल्ने र सुन्ने मानिसहरुको हैन, नबोल्ने ढुंगे भगवानको पीडाको हो।
सर्वशक्तिमान भन्दै अप्ठेरो पर्दा [...]



